नारी स्रष्टा समाजद्वारा पुरस्कार, सम्मान तथा वर्ष पुस्तक पुरस्कार प्रदान
– जीवनराज दाहाल (महोत्तरी)
काठमाडौं, ०८२ मंसिर १ । नारी स्रष्टा समाज, विराटनगरकी अध्यक्ष ममता मृदुलको अध्यक्षता तथा विवस पोख्रेल र सावित्री कक्षपतीको प्रमुख आतिथ्यमा काठमाडौं अनामनगरस्थित डालो रेस्टुरेन्टमा स्रष्टा पुरस्कार, सम्मान तथा वर्ष पुस्तक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ‘बगैंचा’ लघुकथा सङ्ग्रहका लेखक धरानका शुक्रराज कुँवरलाई प्रभुभक्त छोरीनानी वर्ष पुस्तक सम्मान तथा पुरस्कार–२०८१ प्रदान गरियो । हाल विदेशमा रहेका कुँवरको तर्फबाट धरानका रोशन पराजुलीले पुरस्कार ग्रहण गरेका थिए । सो पुरस्कारका संस्थापक विक्रमभक्त जोशी रहेका छन् । साथै निर्णायक रमेन्द्र कोइराला र रामकुमार पण्डितलाई पनि सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा इनरुवाका डम्बरुवल्लभ भण्डारी, लिलानाथ सिलवाल, राधा सुवेदी, कैलालीकी दिपा चौधरी, काठमाडौंका धन्वन्तरी मिश्र, ध्रुबराज थापा पुरुष, सत्या अधिकारी, सेसेमी लिम्बु, सुधा मैनाली, ललितपुरकी निशिता जोशी तथा बनेपाकी शारदा घिमिरे लगायत ११ जना स्रष्टाहरूलाई सम्मान गरियो ।
त्यसैगरी विश्वबिमोहन श्रेष्ठलाई मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार (परिचय : अशेष मल्ल, संस्थापक : ममता मृदुल), राजेन्द्र शलभलाई पारस काफ्ले स्रष्टा सम्मान तथा पुरस्कार (परिचय : विधान आचार्य, संस्थापक : सुष्मा काफ्ले), प्रमोद प्रधान कविराजलाई कौशिला स्रष्टा सम्मान तथा पुरस्कार (परिचय : डा. विष्णु केसी, संस्थापक : कौशिला पोख्रेल), शंखर खरेललाई भिमलाल–यशोदा स्रष्टा सम्मान तथा पुरस्कार (परिचय : रमेन्द्र कोइराला, संस्थापक : विश्वनाथ लम्साल) तथा मोक्षदा दाहाललाई कालीगंगा बाल स्रष्टा सम्मान तथा पुरस्कार (संस्थापक : रोशन पराजुली) प्रदान गरिएको थियो ।

कार्यक्रममा पुरस्कारका संस्थापक विक्रमभक्त जोशी, रोशन पराजुलीलगायतलाई पनि सम्मान गरिएको थियो । यसैक्रममा ०८२/७/१५ गते सिर्जनामा इनरुवाको साधारणसभाबाट प्रदान भएको तर प्राविधिक कारण हस्तान्तरण हुन बाँकी रहेको रमेन्द्र–सावित्री लघुकथा पुरस्कार संस्थाका अध्यक्ष लिलानाथ सिलवाल, उपाध्यक्ष राधा सुवेदी, सचिव तथा संस्थापक रमेन्द्र कोइराला, सल्लाहकार डम्बरुवल्लभ भण्डारी तथा प्रमुख अतिथि ममता मृदुलको उपस्थितिमा ओम श्रेष्ठ रोदनलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा दिपक लोहनी, बिनोद नेपाल, एन्जेल निलु, ललिता दोषी, राधेश्याम लेकाली, गोकुल अधिकारी, रन्जु खनाल, दिव्य गिरी, शान्ति भण्डारी दाहाललगायत करिब ८० जना सहभागीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्