बर्दिवास साहित्यको ३२ औँ शृङ्खला सम्पन्न

जीवनराज दाहाल (बर्दिवास)
मिति २०७८ साल फागुन ७ गते शनिबारका दिन बर्दिवास साहित्यिक-सास्कृतिक प्रतिष्ठानको ३२ औँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल विद्रोही) को अध्यक्षतामा सम्पन्न भएको छ । भने सो कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीले सञ्चालन गरेका थिए ।
यस शृङ्खलामा शुभकामना दिने स्रष्टाहरुमा अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सल्लाहकार नारायण घिमिरे, मिथिला साहित्य प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक नानीराम दहाल (बन्चरो), शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक एवम् छन्द चौतारीका अध्यक्ष अग्नि कवच ,रेडियो नेपाल बर्दिवासका मगही भाषाका समाचार वाचक फुलगेन महतो (मगही) र दार्जिलिङका साहित्यकार राकेश शर्माले शृङ्खला सफलताको शुभकामना दिएका थिए ।
उक्त शृङ्खलामा विभिन्न लयका कविता ,गीत ,गजल वाचन गरिएका थिए । साथै आज ७२ औँ प्रजातन्त्र दिवस भएकोले सम्पूर्ण साहित्यिक व्यक्तित्वहरुले प्रजातन्त्रको मूल्य मान्यताको पनि चर्चा परिचर्चा गरिएको थियो ।
शृङ्खलामा उपस्थिति स्रष्टा तथा द्रष्टाहरुमा पुरूषोत्तम वराल, पुष्पा यादव, मनिष महतो, सुदीक्षा श्रेष्ठ, मन्दिप कार्की, कमल घिमिरे, राकेश शर्मा, फुलगेन मगही, नानीराम दहाल (बन्चरो), नारायण घिमिरे, अग्नि कवच ,जीवनस्पर्शी र विपुल विद्रोही आदि थिए ।
कार्यक्रमको अन्त्यमा ३२ औँ शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न पार्न सहभागी हुने विद्यार्थी लगायत सम्पूर्ण साहित्य अनुरागी व्यक्तित्वहरुलाई सभाध्यक्ष विपुल विद्रोहीले ७२ औँ प्रजातन्त्र दिवसको शुभकामनाकासाथ हार्दिक धन्यबाद ज्ञापन गर्दै शृङ्खलाको समापन गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्