‘मिस्टर एन्ड मिस मोडल अफ दी ईयर–२०२२’ को उपाधी सुयोग र एन्जीलाई

काठमाडौ – सुयोग श्रेष्ठ र एन्जी खड्गीले एभरेस्ट इभेन्ट्सले आयोजना गरेको ‘मिस्टर एन्ड मिस मोडल अफ दी ईयर–२०२२’ को उपाधि जितेका छन् । श्रेष्ठ र खड्गीले क्रमश पुरुष र महिला तर्फको उपाधि जितेका हुन् । उपाधिसँगै विजेताले एभरेस्ट फिल्म एकेडेमीमा एक लाख बराबरको छात्रवृत्ति, कम्पास एभिएसन इन्टरनेसनल कलेजमा तीस हजार बराबरको एभिएसन ट्रेनिङ, ईडिआई ग्लोबल एजुकेसनमा पचास हजार बराबरको शैक्षिक छात्रवृत्ति, फेसन इकमर्स फोटोसुट, मोडलिङ, म्युजिक भिडियो साथै अन्तरास्ट्रिय स्टेजमा नेपाललाई प्रतिनिधित्व गर्ने मौका सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । यस्तै उक्त प्रतियोगितामा मुकेश सापकोटा र सायना मगर क्रमशः पुरुष र महिलातर्फ फष्ट रनरअप बने भने तेजु महर्जन र एस्थर राई क्रमश: पुरुष र महिलातर्फ सेकेन्ड रनरअप बने । एरी तुलाधरले संचालन गरेको कार्यक्रममा विधागत तर्फ निन्वाहाङ लिम्बू र निशा मगर अर्गनाइजर चोईस, साहिल र लिजा श्रेष्ठ ब्रान्ड एम्वासडर, ब्युटी वीथ ब्रान्ड मालश्री मगर र स्वस्तिका घोषित भएको आयोजक एभरेस्ट इभेन्टसका सिईओ कृष्ण श्रेष्ठले जनाए । सुगन्धा अधिकारी र आर्शु महर्जनको कोरियोग्राफी रहेको कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कमल राई, इनोभेसन इभेन्ट्सका सिईओ महेश केसी, जिएसके भर्साटाईलकि डिजाईनर गोमा तिवारी र मेकअप आर्टिस्ट निलम पौडेल निर्णायकको रुपमा रहेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्