त्रिशूली वाङ्गमय प्रतिष्ठानको बाह्रौँ साधारण सभा सम्पन्न

नुवाकोट । त्रिशूली वाङ्गमय प्रतिष्ठानको बाह्रौँ साधारण सभा सम्पन्न भएको छ ।
भेलाले आगामी दुई बर्षका लागि कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसमा अध्यक्षमा आरएम डङ्गोल रहेका छन् भने उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल चयन भएका छन् ।
त्यसै गरी महासचिवमा श्यामराज पाठक चयन भएका छन् । सचिवमा राजेन्द्र घिमिरे सागर, कोषाध्यक्षमा लक्ष्मी रूम्बा तथासदस्यहरूमा पुरु लम्साल ,भैरवी ढुङ्गाना, कृष्णकिसु न्यौपाने, प्रभाती किरण ,सन्तोषी अधिकारी, बैरागी जेठा, उत्तम विचार भेटुवाल, पुरू बिमल, जया ओझा, जितेन्द्र सिह ठकुरी चयन भएका छन् ।
प्रतिष्ठानले नुवाकोट जिल्लामा जन्मिएर राजधानी काठमाडौँलगायत देशका विभिन्न भागलाई कर्मथलो बनाएका साहित्यकारहरुलाई एउटै मञ्चमा समेटी विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
अर्धवार्षिक रूपमा साहित्यिक पत्रिका त्रिशूली त्रिवेणी प्रकाशन पनि गर्दै आइरहेको छ । प्रतिष्ठानका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको संस्थाले साहित्यिक यात्रा र सिर्जनात्मक गतिविधि गर्दै आएको उल्लेख गरे ।
प्रतिष्ठानले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा साहित्य यात्राहरु समेत आयोजना गर्दै आइ रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #त्रिशूली वाङ्गमय प्रतिष्ठान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्