पानको मिसीको सफलतापछि सुनिता अधिकारीको ‘क्यारम् मायालाई’
काठमाडौँ । लोकप्रिय गायिका सुनिता अधिकारीले तीजको कोसेली बजारमा ल्याएकी छिन् ।
पानको मिसीको सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् । उनको एकल स्वरमा सुसज्जित गीतमा सुनिता आफैले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन् ।
शिव हमालको शब्द र लय रहेको गीतको निर्देशन गणेश पाण्डेले गरेका हुन् । प्रकाश भट्टको कोरियोग्राफी आकर्षक छ ।
यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् । गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो । गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन् । तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र स्रोताहरुको मन जित्न सफल हुने सुनिता बताउँछिन् ।
भिडियो:
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सुनिता अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्