गितकार जगतमर्दन थापा र उषा मंगेशकरको आवाज रहेको म पतझड तिमी मधुमास सार्बजजिक
काठमाडौँ । गायक तथा गितकार जगतमर्दन थापाको उषा मंगेशकरसँग युगल गायन रहेको म्यूजिकल एल्बम सार्बजनिक भएको छ । गायक थायाको ८३ बर्षको उमेरमा गाउँने रहर पुरा गरे छोरा मोहित मर्दनले ।
अनवरत साधना तथा गहिरो इच्छा शक्ती भए जीवनमा अपत्यारिलो गन्तव्य पनि तय गर्न सकिन्छ भन्ने कुराको प्रमाण सहित जीवनको ८३औ वसन्तमा एल्बम म पतझड तिमी मधुमासू राजधानिको नेपाली चुलोमा भब्य समारोहबिच सो गिति एल्बम सार्बजनिक गरिएको हो ।
९९ वर्षिय शताब्दी पुरुष सत्यमोहन जोशी तथा गितकार निर्देशक चेतन कार्कीले समुत्त रुपमा विमोचन गरेको गिति एल्बममा ८३ वर्षिय गायक जगत मर्दन थापा र ८४ वर्षिय चर्चित भारतीय गायिका उषा मंगेसकरको सुमधुर आवाज रहेको म्युजिक भिडियोको विमोचन सम्भुजित बास्कोटाले गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले सो बिमोचन समारोह एतिहासिक रहेको बताए ।
एतिहासिक यस मानेमा कि गितकार निर्देशक चेतन कार्कीले विमोचन गरेको र अपत्यारिलो ८३ वर्षिय गायक जगत मर्दन थापा र ८४ वर्षिय चर्चित भारतीय गायिका उशा मंगेसकरको गायन रहेको म्युजिक भिडियो सहित एल्बम विमोचन कार्यक्रम नेपाली गितसंगितको ईतिहास बोकेका गायक थापा र उनका समकालिन वरिष्ठ गायक तथा सर्जकहरुको बाक्लो उपस्थिती बिच हुनु नै एतिहासिक पल हो ।

साधना भए उमेरले पनि छेक्दैन र असल पुत्र भए इच्छा शक्ती पुरा गर्न पहाडअले पनि रोक्दैन । छोरा मोहित मर्दन थापा आफ्नो बुवाको संगितप्रतिको हर चाहना पुरा गर्न कम्मर कसेर लागेका छन ।
आफ्नो पुत्र रत्नको हरपलको सहयोग परिवारको अथाहा प्रोत्साहनले गर्दा संगित र साधनाले आज सम्म युवा रहिरहनु भएका गायक थापा नेपाली संगित जगतका जिउँदो ईतिहास बोकेका गायक हुन ।

आफ्नो जीवनकालमा आशाको दियो बालेरू तथा भन लौ नढाटीू जस्ता कर्णप्रीय तथा सदावहार गित मार्फत नेपाली आधुनिक संगित फाँटमा सदा अजर अमर रहने गित मार्फत बाचिरहेका गायक थापाको अर्को एउटा कर्णप्रीय गिती एल्बमर यस एल्बमको पहिलो गीत म पतझड तिमी मधुमासू ५२ वर्ष अघी उषामंगेसकर सँग गाउँने चाहना अधुरो राखेका गायकले ८३ वर्षको उमेरमा लाइभ म्युजिक सहित सुमधुर प्रस्तुती दिएर आफ्ना नाती र नातिनाको गीतारको साथ सहित सबै संगितप्रेमिहरुको वाही वाही र समकालिनहरुको आत्मिय माया बटुल्न सफल भए ।
दिनेश डिसीको उद्घोषणामा सचालन भएको कार्यक्रम मोहित मर्दन थापाको निर्माणमा बनेको म्युजिक भिडियो गायक थापा गायिका मंगेसकर र दिनेश डिसी र संचिता लुइटेलको अभिनय रहेको छ भने शिखर सन्तोष को संगीत र सहदेब ढुगांनाको रचना रहेको छ । ।
रमाइलो भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जगतमर्दन थापा, #म पतझड तिमी मधुमास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्