कांग्रेसले चौधरीको नेतृत्वमा गठन गरेको दिगो परियोजना बिशेष समिति सक्रिय, केहि दिनभित्रै प्रतिवेदन बुझाउने तयारी
काठमाडौं। नेपाली कांग्रेसले गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ सक्रिय भएको छ। समितिको पहिलो वैठक आइतवार काठमाडौंमा बसेको छ।
समितिका संयोजक विनोद चौधरीको नेतृत्वमा लैनचौरमा बसेको समितिको वैठकमा नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा कोरोनाको कारण परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे छलफल भएको थियो । समितिले यस बारेमा मसिनो गरि थप अध्ययन गरि पार्टीलाई केहि दिनभित्रै एक प्रतिवेदन दिने तयारी गरेको छ ।
वैठकले समितिका सदस्यहरु दिपक खड्का, उमेश श्रेष्ठ र इन्द्र वानियाँलाई सहसंयोजक तोकेको छ भने ७ जनाको स्टेरिङ कमिटी बनाएको छ।
बैशाख १७ मा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद समेत रहेका उद्यमी चौधरीको नेतृत्वमा बिशेष समिति गठन गरेका थिए।
चौधरी नेतृत्वको समितिमा पार्टीको विभिन्न पदमा रहेर काम गरिरहेका र गरिसकेका विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरु समेटिएको पहिलो वैठकमा दिपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, मोहन आचार्य, तेजुलाल चौधरी, पूर्णबहादुर तामाङ कान्छाराम, खगेश्वर बोहरा उपस्थित थिए। सूर्यबहादुर केसी, अनिल रुङ्गटा र बिष्णुबहादुर खड्का काठमाडौं बाहिर भएका कारण उपस्थित हुन सकेनन्।
दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेगरि समिति क्रियाशिल भएको छ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्