श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
काठमाडौं । नेपालको उद्योग, व्यापार, महिला उद्यमशीलता तथा व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएकी प्रतिष्ठित ब्याक्तित्व उर्मिला श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित हुनुभएको छ । उहाँलाई विभिन्न सामाजिक, व्यावसायिक तथा राष्ट्र निर्माणका क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
हाल उहाँ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी कार्यकारी प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । उहाँको नेतृत्वमा व्यापार, महिला उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धिइहरु हासिल भएका छन् ।
व्यवसायिक क्षेत्रमा इमान्दारिता, अनुशासन र दूरदर्शी नेतृत्वका कारण उर्मिला श्रेष्ठ नेपाली निजी क्षेत्रको प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । जो नेपालका काबिल र सफल महिलाहरुको नाम उच्चारण गर्दा अग्रपङ्ती पर्ने नाम हो ।विशेषगरी महिला उद्यमीहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । त्यसो त उहाँले के महिला के पुरुष सबैलाई क्षमताका आधारमा जिम्मेवार भई अघि बढन प्रेरित गर्दै आउनुभएको छ । व्यापारीक पृष्ठभुमि बोकेको प्रा िज्ञक वातावरण बोकेको नेवार परिवारमा जन्मनुभएकी श्रेष्ठ बौद्धिकता एवम् कर्मशिलताका कारण लोकप्रिय समेत हुनुहुन्छ ।
उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको निजी क्षेत्र, महिला उद्यमशीलता र व्यापार प्रवर्द्धनका निम्ति सक्रिय रुपमा भूमिका खेल्दै आउनुभएको छ । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय श्रेष्ठले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनुभएको पाईन्छ । उहाँको नेतृत्व र समर्पणले नेपाली निजी क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
प्रेरणादायी व्यक्तित्व उर्मिला श्रेष्ठ : संक्षिप्त जीवनी
उर्मिला श्रेष्ठ नेपालको सफल महिला उद्यमी, कुशल व्यवस्थापक तथा सामाजिक व्यक्तित्व हुनुहुन्छ । व्यापार तथा उद्योग क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएकी श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी कार्यकारी प्रमुखको जिम्मेवारीमा रहनुभएको छ ।
नेपालको निजी क्षेत्रलाई सुदृढ बनाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा राष्ट्रिय आर्थिक विकासमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने र निजि सार्वजनिक साझेदारीको भावनालाई वस्तुनिस्ठ तबरले शिरोपर गरि सबल नेतृत्व प्रदान गर्ने जस्ता बिशेष गुण तथा क्षमताका कारण अत्यन्तै सक्षम महिलाका रुपमा आफुलाई स्थापित गर्न उहाँ सफल हुनुभएको छ । व्यवसायीहरूको हकहित, स्वरोजगार सिर्जना तथा उद्यमशीलताको वातावरण निर्माण गर्न उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ ।
श्रेष्ठले व्यवसायिक क्षेत्रसँगै सामाजिक सेवामा पनि निरन्तर योगदान दिँदै आउनुभएको छ । शिक्षा, सामाजिक जागरण तथा मानवीय सेवाका विविध अभियानहरूमा उहाँको उल्लेख योगदान छ ।
उहाँको नेतृत्व क्षमता, कार्यकुशलता, अनुशासन र राष्ट्रप्रतिको समर्पणका कारण उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आउनुभएको छ । “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” पनि उहाँको योगदानको कदरस्वरूप प्रदान गरिएको प्रतिष्ठित सम्मानका रूपमा हेरिएको छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्