नेपाल चेम्बर अफ कमर्सको ग्रीस प्रतिनिधिमा कृष्ण पोखरेल नियुक्त
काठमाडौं, फागुन २९ । नेपाल चेम्बर अफ कमर्सले ग्रीसका लागि आफ्नो प्रतिनिधिका रूपमा कृष्ण पोखरेललाई नियुक्त गरेको छ ।
चेम्बर सचिवालय, जमल काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पोखरेललाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा चेम्बरका सल्लाहकार परिषद्का अध्यक्ष राजेश काजी श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो ।
सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले निजी क्षेत्रबीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न प्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउँदै ग्रीसमा रहेका नेपाली व्यवसायी र समुदायसँग सहकार्य बढाउन पोखरेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै भन्नुुभयो “ग्रीसमा रहेका नेपाली व्यवसायी र समुदायसँग सहकार्य बढाउन तथा सक्दो अन्तराष्टिय व्यापार मेलामा सहभागिता साथै द्धिपक्षिय व्यापार अभिबृद्धिमा उहाँले प्रभावकारी भूमिका खेल्ने विश्वास नेपाल चेम्बरले लिएको छौं,”
त्यसैगरी सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले नेपाल र ग्रीसबीच व्यापार, लगानी र व्यावसायिक सहकार्य विस्तार गर्न पोखरेलको अनुभव र अन्तर्राष्ट्रिय सञ्जाल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । “विदेशमा बसेर नेपाली समुदाय र व्यावसायिक क्षेत्रलाई जोड्ने काममा उहाँको योगदान प्रशंसनीय छ । अब चेम्बरको प्रतिनिधिका रूपमा उहाँले नेपाल–ग्रीस आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं,” श्रेष्ठले भन्नुभयो ।
नवनियुक्त प्रतिनिधि पोखरेलले आफूलाई दीएको जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गर्दै नेपाल र ग्रीसबीच व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनमा सक्रिय रूपमा काम गर्ने बताउनुभयो । “दुई देशका व्यवसायी, संस्थाहरू र नेपाली समुदायबीच सहकार्य बढाउँदै आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न प्रयास गर्नेछु,” उहाँले भन्नुभयो ।
ग्रीसमा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका पोखरेल एथेन्स र थेसालोनिकीमा सञ्चालित ‘हिमालय ईई’ रेस्टुरेन्ट चेनका सञ्चालक हुनुहुन्छ । आतिथ्य तथा शिक्षा क्षेत्रमा सक्रिय उहाँ एथेन्सस्थित ‘ई। कोरोपोउल्ल प्राइभेट स्कूल’सँग पनि आबद्ध रहनुभएको छ ।
उहाँले सन २०२४ मा अष्ट्रियास्थित नेपाली दूतावास र ग्रीक सरकारी निकायसँग सहकार्य गरी ग्रीसमा रहेका नेपालीका लागि पासपोर्ट नामावली दर्ता कार्यक्रम सफलतापूर्वक आयोजना गर्नुभएको थियो । नेपाली समुदायका लागि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आउनुभएका पोखरेल अन्तर्राष्ट्रिय सम्बन्ध, बहुसांस्कृतिक वार्ता तथा कूटनीतिक समन्वयमा अनुभव प्राप्त व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
व्यवसायिक क्षेत्रमा योगदानका लागि उहाँले एथेन्समा ‘बिजनेसम्यान अफ द इयर–२०२२’ लगायत विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपाली, अंग्रेजी, हिन्दी र ग्रीक भाषामा दख्खल राख्नुहुने पोखरेलले विज्ञान र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा उच्च शिक्षा हासिल गर्नुभएको छ ।
पोखरेलको नियुक्तिले ग्रीसमा रहेका नेपाली व्यवसायी तथा समुदायसँग सहकार्य विस्तार हुनुका साथै नेपाल–ग्रीस आर्थिक तथा सांस्कृतिक सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा लिईएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्