केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज आयोजना गरेको श्रव्य दृश्य (भर्चुअल) अन्तरबोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले लकडाउन खुलेको केही समयभित्रै शेयर बजार सञ्चालनमा आउने जानकारी दिनुभयो ।
उहाँले लकडाउन अन्त्य भएको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली लागू गरिने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि नेप्से र बोर्ड नै लागिपरेको बताउनुभयो । नेपालमा लागू गरिएको अनलाइन कारोवार प्रणाली पूर्ण नभइ आधामात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम शुरु गरिएको उहाँको भनाइ छ । वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा थोरै समयको कारोवार गर्ने पक्षमा लागेको र त्यसको अवधारणका बारेमा छलफल जारी रहेको उहाँको भनाइ छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि यही वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा स्टक रहेको बताउनुभएको छ । लकडाउनको अवधिमा पनि बजार कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिँदै उहाँले बजार खोल्नुपर्ने पक्षमा आफूहरु क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
उहाँले बजारमा उल्लेख्य कारोवार भएको दिन ४५ प्रतिशतभन्दा बढी कारोवार अनलाइनमार्फत भएको जानकारी गराउँदै उहाँले विद्यमान प्रणालीमा थप सुधार गरेर जाने धारणा राख्नुभयो । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले कारोवारको समय र सर्किट ब्रेकरको सीमा घटाएर कारोवार अघि बढाउन सुझाव दिनुभयो ।
लामो समय बजार बन्द हँुदा नेपालको र अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने भएकाले आवश्यक ध्यान दिन उहाँले आग्रह गर्नुभयो । स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाँडो बजार खुलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपालको शेयर बजारका जानकार डा गोपाल भट्टले आवश्यक योजनासहित बजार खोल्नुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #शेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्