‘प्रवासी सेफहरू पर्यटनका दूत हुन्, आर्थिक कूटनीतिमा समेत योगदान गर्न सक्ने क्षमता राख्छन्’ : चेम्बर उपाध्यक्ष उर्मिला श्रेष्ठ (भिडियोसहित)
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सेफहरूको पेशा आम नागरिकको भरोसा प्राप्त गर्ने जिम्मेवार पेशा भएको उल्लेख गर्दै, सेफलाई केवल भान्सामा सीमित गरेर चित्रण गर्नु अनुचित हुने धारणा व्यक्त गर्नुभएको छ।
“सेफहरू केवल भान्सामा सीमित हुनुपर्ने होइन, उनीहरू राष्ट्रका सांस्कृतिक दूत हुन्। प्रवासी सेफहरूले पर्यटन प्रवर्द्धन र आर्थिक कूटनीतिमा उल्लेखनीय भूमिका खेल्न सक्छन्,” श्रेष्ठले भन्नुभयो।
उहाँले “नेपाल पर्यटन प्रवर्द्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयक विचार गोष्ठी, प्रवासी नेपाली सेफ सम्मान कार्यक्रम तथा शुभकामना आदान–प्रदान कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मन्तव्य दिँदै, यस्ता कार्यक्रमले देशको शिथिल अर्थतन्त्रलाई उकास्न सघाउने विश्वास व्यक्त गर्नुभयो।
“हामीले सेफलाई सम्मान गर्नु मात्र होइन, प्रवासी सेफहरूलाई नेपाल पर्यटनका दूतका रूपमा परिचालन गर्न सक्ने वातावरण बनाउन आवश्यक छ। आर्थिक कूटनीतिको माध्यमबाट पनि सेफहरूले देशको समृद्धिमा योगदान पुर्याउन सक्छन्,” श्रेष्ठले थप स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थिति रहेको थियो। अन्य विशिष्ट अतिथिमा पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, समाजसेवी एवं गैरआवासीय नेपाली अभियन्ता रुद्र शर्मा लगायतको उल्लेखनीय उपस्थिति थियो।
प्रमुख अतिथि रेग्मीले पनि पाककलाको माध्यमबाट नेपाली पहिचान प्रवर्द्धन गर्न सकिने बताउँदै, राष्ट्रिय परिकार र उत्पादनलाई प्राथमिकतामा राखेर पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो।
उक्त कार्यक्रम ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमा तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न भएको हो।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्