“नेपाल डेरी एसोसिएसन रामेछाप जिल्ला समिति गठन”
नेपाल डेरी एसोसिएसन बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्ला समिति गठन कार्यक्रम सम्पन्न भयो। सो समिति गठन गर्ने क्रममा आयोजित भेलामा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष प्रल्हाद दाहाल,उपाध्यक्ष दिवप्रसाद धमला, राष्ट्रिय दूत विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल , नेपाल डेरी बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे, केन्द्रीय पदाधिकारीहरू, बागमती प्रदेशका पदाधिकारीहरू एवं रामेछाप जिल्लाका दुग्ध उद्यमीहरूको विशेष सहभागिता रहेको थियो। सो भेलाल निम्नानुसार पदाधिकारी एवं सदस्य सहित नयाँ कमिटी निर्माण भएको छ। अध्यक्षमा भानुभक्त श्रेष्ठ चिरञ्जीवी डेरी उद्योग, उपाध्यक्षमा मनोहर कुमार कार्की समृद्धि डेरी उद्योग, सचीवमा किशोर पौडेल, कोषाध्यक्षमा केशरबहादुर खत्री, सदस्यमा बलराम मगरगोठपानी देवी उद्योगलाई समेटी जिल्ला समिति गठन भएको छ भने बाँकी सदस्यहरू जिल्ला समितिले मनोनयन गरी पूर्ण गर्ने जानकारी नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका कोषाध्यक्ष दीपक सन्जेलले जानकारी गराए ।
कार्यक्रम सम्पन्न भएपछि शुभकामना दिने क्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद प्रसाद पौडेलले नेपाल डेरी एसोसिएसनले सात प्रदेशमा कमिटी गठन गरी आफ्ना जिल्ला कमिटीहरु पनि बनाउँदै लगेकोमा खुसी व्यक्त गर्दै दुग्ध क्षेत्रको उन्नति र प्रवर्धनमा लाग्नको लागि सुझाव दिंदै बागमती प्रदेश दुग्ध विकास बोर्ड नेपाल डेरी एसोसिएसनसँग सहकार्य गर्दै अगाडि बढ्ने कुराको पनि जानकारी गराए । केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले नेपाल डेरी एसोसिएसनले सकेसम्म आफ्ना सबै जिल्लाहरूमा शाखा कमिटी गठन गर्दै जाने र दुग्ध क्षेत्रको थप उन्नति र प्रगतिमा सधैं लाग्ने कुराको प्रतिबद्धता व्यक्त गरे। नवनिर्वाचित अध्यक्ष भानुभक्त श्रेष्ठले आफू पुरानो सदस्य भएता पनि जिल्लामा धेरै उद्योग नभएकोले समिति गठन गर्न नसकेको र हाल उद्योगको संख्या बढ्दै गएकोले रामेछाप जिल्ला कमिटी गठन हुन सकेको कुरा बताए । बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले बागमती प्रदेशका १३ वटा जिल्लामा यसरी नै समिति बनाउँदै जाने कुराको जानकारी गराए ।
राष्ट्रियदुग्ध विकास बोर्डका बोर्ड सदस्य एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सह- कोषाध्यक्ष रामभक्त दाहालले नेपाल डेरी एसोसिएसनले सहकार्य गर्दै हरेक ठाउँमा यस्ता कार्यक्रमहरु गर्दै जाने कुराको जानकारी गराए । केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमलाले नवनिर्वाचित सम्पूर्ण समितिका सदस्यहरूलाई शुभकामना दिँदै नेपाल धेरै एसोसिएसनको हरेक गतिविधिमा रामेछाप जिल्लाको पूर्ण सहयोग र साथ रहने कुराको अपेक्षा गर्दै सबैलाई धन्यवाद दिए । नेपाल डेरी एसोसिएसन डेरी क्षेत्रको एक राष्ट्रिय सशक्त एसोसिएसन रहेको कुरा नेपाल डेरी एसोसिएसन केन्द्रिय सदस्य निराजन कोइरालाले जानकारी गराए । हाल नेपाल डेरी एसोसिएसनमा २३ जिल्ला समिति गठन भइसकेको र अरु जिल्ला समितीहरु बन्ने क्रमका रहेको कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष गोपाल तिमल्सिनाले बताए ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्