कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान थालेको छ । यस बैंकको एक अर्ब रूपैयाँभन्दा बढी निक्षेप हिनामिना भएको प्रकरण बाहिरिएपछि सीआईबीले अनुसन्धान सुरू गरेको हो ।
नेपाल राष्ट्र बैंकले छानबिनका लागि जाहेरी दिएपछि यसबारे अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘कर्णाली बैंकको निक्षेप हिनामिनाबारे राष्ट्र बैंकले जाहेरी दिएको छ । यसबारे हामीले अनुसन्धान थालेका छौँ ।’
सीआईबीले बैंकका अध्यक्ष राजेन्द्रवीर राय र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० निरजविक्रम शाहलाई केन्द्रमा राखेर अनुसन्धान थालिएको छ । राष्ट्र बैंकले तयार पारेको रिपोर्टले निक्षेप हिनामिना भएको देखाएको छ ।
गत पुस १० गते राष्ट्र बैंकले यस बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापनको जिम्मा लिएको छ । हाल कर्णाली बैंकमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उप(निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह खटिएका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्