एनएमबि बैंकले कमायो २ अर्ब ३५ लाख नाफा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्तसम्ममा २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
बैंकको उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८२ पैसा रहेको छ । बैंकका प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ ।
चालू आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत बढेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ४७ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ३.९३ प्रतिशत रहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #एनएमबि बैंकले कमायो २ अर्ब ३५ लाख नाफा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्