कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.२० प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ४७ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १० पैसामा रहेको छ भने नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।
त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी ८५.०६ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ६.९६ प्रतिशत रहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #कस्तो छ अवस्था ?, #कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्