दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आवको यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५ पैसा रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड ५९ लाख रहेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । यसका साथै बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्