२५ सयको विन्दुमा झर्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.५४ अंकले घटेर दुई हजार ५ सय ९४ दशमलव १३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा ६ अर्ब ६५ करोड ८ लाख बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ वटाको घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #२५ सयको विन्दुमा झर्यो नेप्से, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्