६ कारोबारमा ७७.३१ अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार परिपक्व बन्दै’
काठमाडौं, पुस २४ गते । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५३ अंकले बढेर २ हजार ६५३.३८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले बढेर ४५१.५० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यद्यपी बैंकको मुद्दती निक्षेपमा राख्नेहरु खुलेर सेयर बजारमा आउन नचाहेका कारण बजारले अझै पनि अपेक्षा अनुरुप प्रदर्शन गर्न नसकेको उनले बताए । ‘ कार्यकाल सकिदै गर्दा लगानीकर्ताहरुले गभर्नरलाई जतिसक्दो चाडो बिदाई गर्न चाहेका छन् । विगतमा पनि नयाँ गर्भनर आएपछि केही न केही नीतिगत परिवर्तन भएका कारण लगानीकर्ता नयाँ गभर्नरको व्यग्र प्रतिक्षामा देखिन्छन्’ उनले भने ।
पाठकले बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक प्रतिवेदन आउँदै गर्दा बजार घट्ने सम्भावना भने कमै रहेको दाबी गरे ।
अर्का बजार जानकार सन्ध्या कटुवालको विचारमा पनि बजारमा पुस मसान्तको दबाब सकिदै गरेको र लगानीकर्ताले ब्याजको जोहो गरिसकेको बताइन् । ‘यस कारण बजार सम्हालिने क्रममा रहेको छ । अब बजार घट्नु पर्ने कुनै कारण नभएको र साना–सानो अंकले बजार बढ्नुलाई बजार परिपक्व हुँदै गरेको रुपमा लिन सकिन्छ,’ उनले भनिन् ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा मात्रै हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ४.७७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह २.५३,हाईड्रो ०.२६,जीवन बीमा ०.४०,उत्पादन तथा प्रशोधन ०.४० र लघुवित्त १.५९ प्रतिशतले बढ्यो ।
आज व्यापार समूह सर्वाधिक अर्थात १.५६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२६ प्रतिशत,होटल ०.०६,लगानी ०.३८,म्युचुअल फण्ड ०.१०,निर्जीवन बीमा ०.१३र अन्य ०.२६ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #‘बजार परिपक्व बन्दै’, #६ कारोबारमा ७७.३१ अंकले बढ्यो नेप्से, #breaking, #जानकार भन्छन्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्