बीमा कम्पनीबाट पाँच महिनामै बाहिरियो ६ अर्ब १० करोड रुपैयाँ
काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा बीमा कम्पनीहरूबाट ६ अर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको छ ।
चालू आवको साउनदेखि मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरूको ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा ४५ हजार ६० जना बिमितले पोलिसी सरेण्डर गरेका हुन् । यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ । यस कम्पनीको ११ हजार ७९३ वटा पोलिसी बापतको एक अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
सर्वाधिक पोलिसी सरेण्डर हुने कम्पनीहरूको दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको १० हजार ३१७ वटा पोलिसी बापतको एक अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ ।
प्राधिकरणको अनुसार चालू आवको पाँच महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा नेशनल लाइफ इन्स्योरेन्सको ३७ करोड ११ लाख रुपैयाँको सरेण्डर भएको छ । यसका साथै मेट लाइफको १७ करोड २३ लख र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४० करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड ३० लाख, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको ३२ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ९५ लाख र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ४३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड बराबरको पोलिसी सरेण्डर हुँदा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ८० बराबरको सरेण्डर भएको छ । यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४६ लाख र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #बीमा कम्पनीबाट पाँच महिनामै बाहिरियो ६ अर्ब १० करोड रुपैयाँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्