लगातार ३ दिन सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘भोल्युम बढ्दै जानु सकारात्मक’
काठमाडौँ, पुस २१ गते । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ५९१.५६ विन्दुमा पुगेको छ ।
यससँगै बजार लगाता्र ३ दिन सामान्य अंकले बढेको छ । गत बुधबार नेप्से परिसूचक ५.१० र बिहिबार ४.६३ प्रतिशतले बढेको थियो ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले घटेर ४४२.८९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ४ अर्ब ८६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार विष्णु भुसाल भन्छन्, ‘आज पनि बजारमा पुस मसान्तको दबाब देखिएको छ । पछिल्लो समय बजारले गति लिन नसक्नुमा लगानीकर्ताको मनोबल कमजोर हुनु मुख्य कारण हो । विस्तारै भोल्युम बढ्दै जादा र लगानीकर्ताको मनबोल पनि बढ्दै जादा बजारले पुनः गति लिन सक्छ ।’
अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि बजारको गिरावटलाई पुस मसान्तको दबाबको रुपमा व्याख्या गरे । यद्यपी विगत ३ कारोबारदेखि बजारमा भोल्युम बढ्दै जाुन भने सकारात्मक पक्ष भएको उनले बताए । ‘केही दिनमा बजारले यसैलाई न्यून विन्दु बनाएर माथिको यात्रा गर्नेछ र अब घट्ने क्रम पनि रोकिने छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रोपावर समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.०२, होटल ०.६०, लगानी ०.३९,जीवन बीमा ०.२७,निर्जीवन बीमा ०.०४,अन्य ०.१० र व्यापार समूह १.१४ प्रतिशतले बढ्यो ।
वित्त समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूहमा आज १.०४ प्रतिशतको गिरावट देखियो । बैंकिङ समूह पनि आज ०.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त ०.१४ र म्युचुअल फण्ड समूह ०.७४ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #‘भोल्युम बढ्दै जानु सकारात्मक’, #breaking, #जानकार भन्छन्, #लगातार ३ दिन सामान्य अंकले बढ्यो नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्