झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘घट्ने ठाउँ धेरै छैन’
काठमाडौँ, पुस १८ गते । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा झिनो अंकको बढोत्तरी आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.६३ अंकले बढेर २ हजार ५८६.२३ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४४३.५६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८६ हजार ७०५ कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,‘अहिले पुस मसान्तको दबाबका कारण बजरले गति लिन सकेको छैन । बजारमा साना उतारचढाव हुनु सामान्य नै हो ।’
अहिले बैंकको ब्याज तिर्नुपर्ने कारणले बजारले गति लिन नसकेको तर पुसको अन्तिमबाट भने बजारले गति लिनेमा उनी ढुक्क देखिए ।
विशाल बजार जस्ता ठूला कम्पनीलाई छाड्ने हो भने बजार अहिले पनि २२–२३ सयकै विन्दुमा रहेको उनले बताए । ‘घट्दो ब्याजदर भएका कारण अहिलेपनि सेयर बजारमा लगानी गर्ने उपयुक्त समय नै रहेको छ,’ उनले भने ।
बजार जानकार सन्ध्या कटुवालले पनि पुस मसान्तका कारण बजारले खासै गति लिन नसेको र घट्न पनि रोकिएको बताइन् । ‘नकारात्मक समाचार पनि विस्तारै हट्न थालेसँगै बजारले अब बिस्तारै गति लिनेछ,’ उनले भनिन् ।
यसका साथै बजार अब निकै घट्ने ठाउँ समेत नरहेको उनले दाबी गरिन् ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा गिरावट आयो भने अन्य ८ वटा समूहमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक अर्थात २.४० प्रतिशतले बढ्यो । वित्त समूह आज ०.४१, होटल ०.६९, हाईड्रो १.८७, जीवन बीमा ०.३७,उत्पादन तथा प्रशोधन ०.८०,म्युचुअल फण्ड ०.३० र निर्जीवन बीमा समूह ०.७७ प्रतिशतले बढ्यो ।
आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.०३ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.१५, लगानी ०.३३,माइक्रोफाइनान्स ०.२१ र अन्य समूह १.८४ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #‘घट्ने ठाउँ धेरै छैन’, #breaking, #जानकार भन्छन्, #झिनो अंकले बढ्यो नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्