बालकोटमा ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा लि को भव्य उद्घाटन, स्वदेशी उत्पादनमा नयाँ पहल
काठमाडौं। ‘ओडिएको पुष्टी, स्वाद र सन्तुष्टि’ भन्ने नारासहित भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा लि को भव्य उद्घाटन गरिएको छ।
बुधबार आयोजित समारोहमा भक्तपुर क्षेत्र नं। २ का संघीय सांसद दुर्लभ थापाले उद्योगको उद्घाटन गर्दै स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्धनमा उद्योगले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
उद्योगका अध्यक्ष दीपप्रसाद धमलाको नेतृत्वमा स्थापना गरिएको यस डेरीले दूधजन्य पदार्थहरूको उत्पादन र बजारीकरणलाई लक्षित गर्दै सञ्चालनमा आएको हो। अध्यक्ष धमलाले उद्योगबाट दैनिक ५,००० लिटर दूध खपत हुने र १०–१५ जनाले प्रत्यक्ष रोजगारी पाउने जानकारी गराए। साथै, उद्योगले ग्रामीण क्षेत्रमा दैनिक ३ लाख ५० हजार रुपैयाँको नगद कारोबार प्रवाह गर्ने अपेक्षा राखिएको छ।

बहुआयामिक उत्पादन र नवाचार
डेरी उद्योगले दूध, दही, पनिर, बटर, घिउ, खुवा, रसभरी, लालमोहन, आइसक्रिम, कुल्फी, भुजिया, पनिर मःम, गुदपाक, पुष्टकारीजस्ता उत्पादनहरू बजारमा ल्याउने लक्ष्य राखेको छ।
‘स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै स्वदेशी अर्थतन्त्र बलियो बनाउन उद्योग प्रतिबद्ध छ’ अध्यक्ष धमलाले भने।
अतिथिहरूको मन्तव्य
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नवप्रवर्तनकारी उत्पादनका कारण उद्योगले बजारमा फरक पहिचान बनाउने विश्वास व्यक्त गरे।
राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा राजेन्द्र यादवले उद्योग स्थापनामा सञ्चालक धमलाको अनुभव र सुझबुझको प्रशंसा गर्दै बोर्डको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।
सूर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष प्रतित कार्कीले उद्योगलाई आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै स्थानीय अर्थतन्त्र र रोजगारीमा उद्योगको योगदान महत्वपूर्ण हुने धारणा राखे।
‘परम्परागत उत्पादनबाट बाहिर निस्केर विविधिकृत उत्पादनमा जाने यो उद्योगको निर्णय प्रशंसनीय छ’ पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले भने ।
समारोहको विशेष आकर्षण
कार्यक्रमको प्रारम्भ बालबालिकालाई दूध सेवन गराउँदै गरिएको थियो। साथै, अतिथिहरूलाई उद्योगबाट उत्पादित घिउ, लालमोहन, र पनिर उपहारस्वरूप प्रदान गरिएको थियो। खुवाबाट बनाइएको विशेष केकले कार्यक्रमको आकर्षण थपेको थियो।
संघीय सांसद थापाले उद्योग प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै कार्यक्रमलाई समापन गरे।
स्वदेशी उद्योगको प्रेरक पहल
यस डेरी उद्योगले स्वदेशी युवालाई प्रेरणा दिने, स्वदेशी उत्पादनको खपत बढाउने र देशको अर्थतन्त्र मजबुत बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका पदाधिकारी, दुग्ध किसान, उद्योगी, पत्रकार तथा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्