“नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा बुटवलमा हुने”
काठमाडौं – नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस बुटवलमा माघको ७ गते मुख्यमन्त्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रमका बिच सम्पन्न हुनेभएको छ । एसोसिएसनका हरेक गतिविधि पालैपालो प्रदेश र जिल्लामा गर्ने अनुसार यस वर्षको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस कार्यक्रम बुटवलमा हुन लागेको हो । सभामा भाग लिन एसोसिएसनले प्रतिनिधी मनोनयन गरि आव २०८१ / ८२ सम्मको बुझाउनु पर्ने वार्षिक शूल्क एवं बाँकी अन्य सबै शुल्क बुझाई उपस्थित हुन एसोसिएसनले सबै सदस्यहरुलाई आग्रह गर्दै प्रदेश र जिल्ला समितिलाई निर्देशन गरेको छ ।
पुस मसान्तसम्म एसोसिएसनमा अद्यावधिक भएका सदस्यले मात्र साधारणसभामा सहभागीता हुन सक्ने कुरा सूचना मार्फत सबै सदस्यहरुलाई जानकारी गराई वार्षिक एवं अन्य शुल्क अनिवार्य बुझाउनुपर्ने जानकारी गराइसकेको एसोसिएसनका केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारीले बताए। साथै प्रबेश शुल्क एवं अन्य बाँकी बक्यौता तिरिसकेपछि मात्र बस्न खाना, ब्याग, पेन स्ट्यान्ड, स्टेसनरी लगायतका सामग्री उपलब्ध गराउने कुराको जानकारी एसोसिएसनका केन्द्रिय महासचिव हेमचन्द्र खनालले गराए ।
त्यसैगरी जिल्ला र प्रदेश एसोसिएसनले वर्षभरि गरेका गतिविधिको प्रतिबेदनका बुझाउनुपर्ने छ । साथै सदस्यले आव २०८० / ८१ को लेखा प्रतिवेदन सहित कर चुक्ता प्रमाणपत्र समेत अनिवार्य लिई उपस्थित हुनुपर्ने जनाइएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन एवं आब २०८० / ८१ को लेखा परिक्षण प्रतिवेदन, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिकलगायतको प्रस्ताव सहित आवश्यक विशेष प्रस्तावहरु पेश हुने कुरा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।
यसपालिको २६ औं वार्षिक साधारणसभा लुम्बिनी प्रदेशमा विशेष बनाउने र सबै प्रतिनिधिहरुको लागि अविस्मरणीय बनाउने कुरा लागिरहेको कुरा कार्यक्रम संयोजक एव नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्