नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो
काठमाडौं, पुस १७ गते । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.१० अंकले बढेर २ हजार ५८१.६० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४४४.१२ विन्दुमा सीमित बन्यो । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको ९४ लाख ३४ हजार ९ कित्ता सेयर ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यससँगै गत कात्तिक ६ गेतपछि पहिलोपटक आज कारोबार ४ अर्ब तल झरेको छ । गत कात्तिक ६ गते ४ अर्ब १७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन्, ‘आजको सामान्य अंकको बढोत्तरीलाई नयाँ वर्षलाई बजारले स्वागत गरेको रुपमा लिन सकिन्छ । बजारमा पछिल्लो समय पुस मसान्तको प्रभाव सँगै केही अफवाहपूर्ण खबरले सेयर बजारमा गिरावट आईरहेको थियो ।’
पोखरेलले हाल बजारमा तरलता अधिक रहेको र लगानीकर्ताले रुचाएका अर्थमन्त्री समेत रहेको बताउँदै नयाँ वर्षमा बजारले नयाँ उचाई लिन सक्ने दाबी गरिन् ।
त्यसैगरी नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले लामो समयदेखि घटिरहेको बजार आज घट्न रोकिएको बताए । ‘आज बिक्रीकर्ता घटेपछि भोल्यमु कम आएको छ । अब बजारले पुस अन्तिम साताबाट राम्रै गति लिन सक्छ ।’
यद्यपी बैंकहरुको रिपोर्ट आएपछि भने आधारभूत रुपमा बलिया कम्पनीहरुको सेयरमूल्य माघ लागेसँगै बढ्नेमा लम्साल ढुक्क देखिए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.८७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह १.६८ प्रतिशत,होटल ०.९५,हाईड्रो १.२४,लगानी ०.०९,उत्पादन तथा प्रशोधन ०.२५,निर्जीवन बीमा ०.२२ र व्यापार समूह ०.६३ प्रतिशतले बढ्यो ।
आज बैंकिङ समूह सर्वाधिक अर्थात ०.७२ प्रतिशतले घट्यो । जीवन बीमा समूह पनि आज ०.०६ प्रतिशत,लघुवित्त ०.१६,म्युचुअल फण्ड ०.१७ र अन्य समूह ०.४१ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो, #नेप्सेमा सामान्य सुधार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्