नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्,‘बुलभित्र कै करेक्सन’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक १.९१ प्रतिशत अर्थात ५१.३७ अंकले घटेर २ हजार ६३०.९१ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५१ प्रतिशतले घटेर ४५१.२८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा स्क्रिप्टको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘अहिलेको करेक्सन बुल बजारभित्र कै करेक्सन हो । केही समय घटेपनि हरेक वर्ष जनवरीमा बजारले टप लगाउने गरेका कारण यो वर्ष पनि बजारले जनवरीमा गति लिन सक्छ ।’
यद्यपी प्राविधिक रुपमा बजारले एसेन्डीङ ट्रयायङ्गलाई ब्रेक गरेर तल झरेका कारण केही समय करेक्सन लिन सक्ने थापाले बताए ।
अर्का बजार जानकार जानकार टेकेन्द्र थपलियाले बजारमा सरकार ढल्ने केही अफवाहका कारण बजारमा बिक्री दबाब आएको बताए । ‘यद्यपी यो विषयमा प्रष्ट भएर प्रधानमन्त्रीको भारत भ्रमण तय भएमा बजारले फेरि गति लिन सक्ने देखिन्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ४.४१ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.४९ प्रतिशत, विकास बैंक २.०३, होटल २.३१, हाईड्रो २.३६, लगानी १.५६,जीवन बीमा १.८२, उत्पादन तथा प्रशोधन १.१६,लघुवित्त १.८६,म्युचुअल फण्ड ०.९१,निर्जीवन बीमा १.४२ र अन्य समूह १.४५ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २६ करोड ४५ लाख बढीको कारोबार भयो । जोशी हाईड्रोको पनि आज १८ करोड ८९ लाख, जानकी फाइनान्सको १८ करोड ४९ लाख,हिमालयन रि इन्स्योरेन्सको १५ करोड २३ लाख र नेपाल फाइनान्सको १२ करोड ७५ लाख बढीको कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।
यस्तै जोशी हाईड्रोको सेयरमूल्य ८.७० प्रतिशत,कुमारी सबल योजनाको ५,नेशनल हाईड्रोपावरको ३.९८ र मन्दाकिनी हाईड्रोपावरको सेयरमूल्य ३.९७ प्रतिशतले बढ्यो ।
यो दिन जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.५८ प्रतिशतले घट्यो । नेपाल फाइनान्सको सेयरमूल्य पनि आज ७.४५ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ५.९० र स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.८९ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #‘बुलभित्र कै करेक्सन’, #breaking, #जानकार भन्छन्, #नेप्सेमा उच्च अंकको गिरावट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्