आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं, मङ्सिर २४ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपियाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपियाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपियाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपियाँ ३० र बिक्रीदर एक सय ७३ रूपियाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपियाँ ८८ पैसा र बिक्रीदर एक सय ५४ रूपियाँ ५६ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकले अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपियाँ ३९ पैसा र बिक्रीदर ८६ रूपियाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपियाँ ५० पैसा र बिक्रीदर ९५ रूपियाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपियाँ ७३ पैसा र बिक्रीदर एक सय एक रूपियाँ १८ पैसा निर्धारण गरेको छ ।
जापानी येन १० को खरिददर नौ रूपियाँ ०१ पैसा र बिक्रीदर नौ रूपियाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ५९ पैसा र बिक्रीदर १८ रूपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपियाँ ९९ पैसा र बिक्रीदर ३६ रूपियाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ नौ पैसा र बिक्रीदर ३७ रूपियाँ २५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपियाँ ९७ पैसा र बिक्रीदर तीन रूपियाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपियाँ ८१ पैसा र बिक्रीदर ३६ रूपियाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपियाँ ५९ पैसा र बिक्रीदर ३० रूपियाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपियाँ ४९ पैसा र बिक्रीदर नौ रूपियाँ ५३ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपियाँ ३६ पैसा र बिक्रीदर १२ रूपियाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपियाँ १६ पैसा र बिक्रीदर १९ रूपियाँ २५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ३८ पैसा र बिक्रीदर १७ रूपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपियाँ १४ पैसा र बिक्रीदर चार सय ४२ रूपियाँ ०९ पैसा , बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपियाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपियाँ १४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रूपियाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रूपियाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपियाँ एक सयको खरिददर एक सय ६० रूपियाँ र बिक्रीदर एक सय ६० रूपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्