लगातार ४ साता २ हजार ७८० विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ७४८.०५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३५ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता समग्रमा बजार १३.१२ अंकले घट्यो । अघिल्लो साता भने बजार ६७.५६ अंकले बढेको थियो ।
यो साता ५ दिनको कारोबारमा ४५ अर्ब ३६ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता भने ५ कारोबार दिनमा ३९ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता सेयर कारोबार बढ्यो भने र सूचक घट्यो । यो साता नेप्सेमा बजार पूँजीकरण ४५ खर्ब ३६ अर्ब पुग्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४५ खर्ब ५६ अर्ब रुपैयाँबराबरको कायम थियो । यस हिसाबले यो साता बजार घट्दा बजार पूँजीकरण पनि करिब २० अर्बले घट्यो ।
प्राविधिक पक्षः
क्याण्डल स्टिकको आधारमा
क्याण्डल स्टिकको आधारमा बजारलाई नियाल्दा यो सातासम्म बजारले लगातार ४ साता २ हजार ७८० को विन्दुमा प्रतिरोध सामना गरेको देखिन्छ । अर्थात बजार यो विन्दुबाट माथि लाग्न सकेको छैन । यसको मुख्य कारण भनेको बजारमा हाई क्याप चल्न नसक्नु र लो क्याप भएका कम्पनीले मात्रै बजार धान्न नसकेको भन्ने नै हो ।
यो साताको बजारलाई क्याण्डल स्टिकमार्फत नियाल्दा प्रतिरोधको विन्दुमा ‘वियरिस स्पिनिङ टप क्याण्डल’ बनेको छ । यसले सम्भावित रुपमा आगामी साता पनि यदि बजार २७८० विन्दुभन्दा माथि लाग्न नसकेमा केही करेक्सन हुन पनि सक्छ भन्ने हो ।
बोलिङ्गर, म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआईको आधारमा यो साताको बजारलाई नियाल्दा यो साता पनि बजारले मध्य ब्याण्डमा नै सपोर्ट लिएको देखिन्छ । तर यो साता बजार घट्दा कारोबार बढेको कारण अन्तिम कारोबार दिनमा बजारमा बिक्री दबाब परेको देखिन्छ । म्याक्डीमा भने बजार जिरो लाइन भन्दा तल नै चलको छ । आरएसआई ५९ को तहमा चलेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले यो साता पनि प्रष्ट कुनै दिशा देखाएको छैन ।
पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – २९०७
प्रतिरोध २ – २८४०
प्रतिरोध १– २२७९४
पिभट प्वइन्टः २७२७
घटेमा सपोर्ट
सपोर्ट १– २६८१
सपोर्ट २– २६१४
सपोर्ट ३ –२५६८
निष्कर्षः यो साता नेप्से करिब १२ अंकले घट्दा कारोबार भने बढ्यो । साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा यो साता पनि बजारले मध्य ब्याण्ड भन्दा माथि नै सपोर्ट लिएको छ । आरएसआई पनि ५९ मा चलको देखिन्छ । मूभिङ एभरेजबाट नियाल्दा पनि बजार ५० दिने मूभिङ एभरेज भन्दामाथि नै चलेको देखिन्छ । पिभट्बाट नियाल्दा बजार पिभट् प्वइन्ट २७२७ विन्दुभन्दा माथि नै बन्द भएको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा पनि दैनिक औषत ९ अर्ब रहेको छ । यसर्थ बजार २७ सय विन्दुभन्दा माथि रहुन्जेल र करिब १० अर्ब दैनिक औषत कारोबार हुँदासम्म मजबुत नै मान्न सकिन्छ ।
उपसमूहगत रुपमा हेर्दा यो साता कारोबार समूह र लाइफ इन्स्योरेन्समा बढोत्तरी आयो भने वाणिज्य बैंक, विकास बैंक र होटल्स समूहमा भारी गिरावट आयो । त्यसैगरी, बाँकी रहेका अन्य समूहमा पनि यो साता रातो पोतियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #लगातार ४ साता २ हजार ७८० विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्