शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार पनि बढ्यो
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार भएको छ । आइतबार ९.९९ अंकले घटेर बन्द भएको नेप्से सोमबार भने १९.९७ अंकले बढेको हो ।
सोमबार कारोबार रकममा समेत सुधार भएको छ । आइतबार ८ अर्ब ८३ करोड २२ लाखको कारोबार भएको नेप्सेमा मंगलबार १० अर्ब ५४ करोड १७ लाखको कारोबार भएको हो ।
नेप्सेका अनुसार आजको कारोबारमा १२६ कम्पनीको शेयरमूल्य बढ्दा १२२ को घट्यो । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल फाइनान्स कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८.७२ प्रतिशतले घटेर प्रतिकित्ता १२४४ रुपैयाँमा झरेको छ । यस कम्पनीको आज सर्वाधिक कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #कारोबार पनि बढ्यो, #शेयर बजारमा दोहोरो अंकको वृद्धि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्