२७ सय विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘लगानीकर्तामा आत्मविश्वासको कमी’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१५ प्रतिशत अर्थात ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१५ प्रतिशतले घटेर ४७२.९७ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अर्जुन थापा भन्छन्, ‘यतिबेला लगानीकर्ताको आत्मबल कमजोर बन्दा बजार घट्न पुगेको छ । सरकारप्रति पनि लगानीकर्ताको विश्वसनियता नरेहेको र अफवाहको पछाडि लाग्दा बजार प्रभावित बनेको छ । ’
यस कारण राष्ट्र बैंकले नै आगामी मौद्रिक नीतिको समीक्षामार्फत लगानीकर्ताको मनोबल बढाउनु पर्नेमा थापाले जोड दिए ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले पनि राजनीतिक माहौल बिग्रने अनुमान गर्दा बजारमा बिक्री दबाब आएको बताए । यसका साथै प्राविधिक विश्लेषकहरुले समेत बजार घट्न छ भनेर अफवाह फैलाएका कारण बजार घट्न पुगेको उनले आरोप लगाए ।
‘यद्यपी बजार सधैं घटेको घट्यै नगर्ने पनि उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.८६ प्रतिशतले घट्यो ।
यस्तै आज बैंकिङ समूह ०.९० प्रतिशत, विकास बैंक १.४७, होटल १.७३,हाईड्रो ०.९०,लगानी ०.९०,जीवन बीमा १.३६,उत्पादन तथा प्रशोधन १.५४,लघुवित्त ०.६८,म्युचुल फण्ड ०.१९,निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २५ करोड २४ लाख बढीको कारोबार भयो । ङादी ग्र्ुप पावरको आज २३ करोड ३३ लाख बढी,रसुवागढी हाईड्रोको १९ करोड ७९ लाख,हिमालयन उर्जाको १८ करोड ३० लाख र कर्णाली डेभलपमेन्ट बैंकको १६ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सामुदायिक लघुवित्त र थ्रि स्टार हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै महुली लघुवित्तको सेयरमूल्य ६.११ ्रतिशत,धौलागिरी लघुवित्तको ५.४९ र रिभर फल्स पावरको सेयरमूल्य ५.३३ प्रतिशतले बढ्यो ।
यो दिन जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ७.२६ प्रतिशत,सुपर माई हाईड्रोको ७.१४,सपोर्ट माईक्रोफाइनान्सको ७.०५ र गुराँस लघुवित्तको सेयरमूल्य ६.५५ प्रतिशतले ओरालो लाग्यो ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्