तिजको अवसरमा ललितपुरमा महिला हिँसा बारेमा अन्तर्क्रिया कार्यक्रम
भाद्र – तिजको अवसरमा ललितपुर ०५ नम्बर वडाले महिला हिँसा सम्बन्धी चेतनामुलक अन्तर्क्रिया कार्यक्रमआयोजना गरेको छ । आज मानभवन स्थित क्रीस्टल पार्टी प्यालेसमा आयोजित
अन्तर्क्रिया कार्यक्रम माझ ललितपुर महानगरपालिकाकी महिला विकास अधिक्रित महेश्वरी बस्नेतले महिला हिँसा बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । पूर्व मन्त्री तथा साम्सद पम्फा भुसालको प्रमुख आतिथ्यता माझ सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री सुशिला नेपाल, प्रदेश साम्सद राजकाजी महर्जन, ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, सामाजिक विकास समितिका सम्योजक दिनेश कार्की नेकपाका जिल्ला अध्यक्ष हरिक्रिश्ण ब्यन्जनकार, स्थानिय जनप्रतिनिधी, कर्मचारी,
वडावासी आदीको ऊपस्थिती रहेको थियो । सो अवसर माझ पूर्व मन्त्री भुसालले तिज पारिवारिक मिलन र सामाजिक एकताको उत्सव भएको बताउदै बदलिदो परिस्थिती माझ तीजलाई महिला सशक्तिकरणका लागि उपयोग गर्नु पर्ने धारणा राखिन । उनले महिलाहरु राजनीतिक रुपमा अधिकार सम्पन्न रहेता पनि तुलनात्मक हिसाबले आर्थिक र सामाजिक अधिकारबाट बन्चित रहदै आएको खुलाशा समेत गरिन । कार्यक्रममा ललितपुर ०५ नम्बर वडाका अध्य क्ष विकासमान श्रेष्ठले महिला हिँसाबाट टोल र समाजलाई मुक्त गराउने संकल्पका साथ वडाले नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर महिला हिँसा सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना गरेको बताउदै महिलाहरुले अवसर पाएको खण्डमा जस्ता सुकै चुनौती पनि सामना गर्न सक्ने हैसियत राख्ने बताए ।
क्याटेगोरी : अर्थ
ट्याग : #teej
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्