आईएसओबाट प्रमाणित भयो सिभिल बैंक
समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंक (CBL) आईएसओ प्रमाणित बैंक बन्न सफल भएको छ। बैंकले बिहीबार आईएसओ सटिफिकेसनको आधिकारीक संस्था युआरएस युनाइटेड रजिष्ट्रार अफ सिस्टमबाट आइओएस ९००१ २०१५ को प्रमाणपत्र प्राप्त गरेको हो।
बिहीबार एक कार्यक्रमका बीच युआरएस युनाइटेड रजिष्ट्रारअफ सिस्टमका नेपाल प्रतिनिधि प्रकाश पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गलाई आईएसओ प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले आईएसओ प्रमाणिकरणसँगै आगामी दिनहरुमा ग्राहकमैत्री सेवा तथा सुविधाहरु र ग्राहककै चाहाना अनुरुपमा आधुनिक डिजिटल बैंकिङ्गका प्रोडक्टहरु ल्याउने बताए।
आईएसओ ९००१:२०१५ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्र्तर्राष्ट्रियस्तरको सेवा तथा सुविधा प्रदान गर्दा र नियमनकारी निकायद्धारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गर्दा पाइने प्रमाणपत्र हो।
क्याटेगोरी : अर्थ
ट्याग : #सिभिल बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्