नयाँ पेट्रोल पम्प संचालनका लागी लाइसेन्स खुला,यस्तो छ मापदण्ड
काठमाडौं।नेपाल आयल निगमले मापदण्ड संशोधन गरेर पेट्रोल पम्पको लाइसेन्स खुला गरेको छ ।
पेट्रोल पम्प संचालन सम्वन्धी विक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्पका लागि लाइसेन्स खुला गरिएको हो । विक्रेतामा नियुक्त हुन चाहने फर्म/कम्पनी/संगठित संस्थाले निगमको विक्रेता विनियमावली २०७५ को परिच्छेद- २ विनियम (४) बमोजिम दुई महिना (६० दिन) भित्र आवेदन दिन सकिन्छ । सोही विनियमावलीको विनियम ५ बमोजिम निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को अनुसुची १ बमोजिमको ढाँचामा निगमको कार्यालयहरुमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।
निगमका अनुसार साधरण विक्रेता र पेट्रोल विक्रेता वीचको विक्री स्थलको दुरी कम्तीमा ३ सय मिटरको दुरीमा हुनुपर्नेछ। तर पुर्व पश्चिम राजमार्गको हकमा भने उक्त दुरी पाँच सय मिटर बाहिर हुनुपर्नेछ। प्याक्ट विक्रेताको हकमा नमुना पम्प विक्रेताको विक्री स्थलभन्दा कम्तीमा पाँच किमी बाहिर हुनुपर्छ। एउटा नमुना पम्प विक्रेताको विक्रीस्थलबाट अर्को पम्पको दुरी १० किलोमिटर र उक्त स्थलमा मट्टितेल विक्रेता बाहेक अन्य कुनै विक्रेतालाई नियुक्ती नदिने नयाँ मापदण्डमा उल्लेख छ। तर नमूना पम्प विक्रेताले प्रमाणपत्र पाउनुअघि स्थापना भएका विक्रेताहरुको हकमा भने यस्तो व्यवस्था लागु नहुने निगमले जनायो। नमुना पम्प निगमले करिव दुई बर्ष अघि परिकल्पना गरेको थियो। नमूना पम्पका लागि तराई र मधेशमा एक विघा जमीन हुनुपर्ने प्रावधान छ। हिमाल र पहाडमा ५ रोपनी हुनुपर्नेछ। यो पम्प २४ सै घण्टा संचालन गर्नुपर्नेछ। पुरानो डिस्पेन्सिङ मेसिन जडान गर्न नपाइने निगमले जनायो।
पूराना केही विकृतिहरुलाई सुधारेर नयाँ ल्याएको निगमले जनाएको छ। प्रक्रिया र मापदण्ड पूरा गरेर पम्प संचालन गर्न चाहनेले आवेदन दिन सक्ने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिए। उनका अनुसार नमुना पम्प संचालन गर्नका लागि एक वर्षभित्र आवेदन दिन सकिने छ भने सामान्य पम्पका लागि हरेक तीन बर्षमा खुल्ला गरिनेछ। योसँगै पूराना व्यवसायीको सिन्डिकेट तोडिएको छ।
क्याटेगोरी : अर्थ
ट्याग : #पेट्रोल पम्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्