रेमिट्यान्स लगातार बढ्दो क्रममा
चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स लगातार बढ्दो क्रममा छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको माघसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो।
माघ एक महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याँकले देखाउछ। पछिल्ले केहि महिनादेखि मासिक रुपमा १ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिदै आएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेर ३ लाख १४ हजार ७६७ पुगेका छन् ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ पुगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।
माघसम्ममा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ५९ अर्ब ११ करोड पुगेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #रेमिट्यान्स लगातार बढ्दो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्