चितवन महिला चेम्बर गठन
चितवन महिला चेम्बरको गठन भएको छ । शुक्रबार आयोजित चितवन महिला चेम्बर गठन तथा अन्तर्कृया कार्यक्रम माझ नयाँ कार्यसमिति गठन भएको हो । कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए ।
कार्यक्रमको उदघाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिला उधमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई अन्तरराष्ट्रिय बजारसम्म पहुच पुर्याउन नेपाल चेम्बरले सक्दो सहयोग गर्ने बताए । त्यस्तै महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नवगठित समितिले महिला उधेमीहरुलाई एकत्रित गरि महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली सम्ब्रिद्ध नेपालको नारालाई सफल पार्न लागि पर्ने आशा ब्यक्त गर्दै हरेक क्षेत्रमा महिलाको सहभागिताबाट नै देश विकास हुने धारणा राखेकी थिईन ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महिला सशक्तिकरणका निम्ती महिलामा उधेमशिताको विकास गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्दै भरतपुर महानगर क्षेत्र भित्र महिला उधेमशिलता विकास सम्बन्धी शिप विकास कार्यक्रमले ब्यापकता पाउदै गईरहेको बताईन ।
कार्यक्रममा चितवन चेम्बर अफ कमर्शका अध्यक्ष दिर्घ कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै चितवन जिल्लामा ब्यापार ब्यवसाय गर्दै आएका महिलाहरुको हितका निम्ती चितवन महिला चेम्बरले महत्वपूर्ण योगदान पुर्याउने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल महिला चेम्बरका सल्लाहकारद्वय अन्जना ताम्राकार एबम निलम ताम्राकार, उपाध्यक्षद्वय सुश्मा शर्मा एबम अम्बिका शर्मा, सचिब लिमा अधिकारी, कार्यकारीणी सदस्यहरु सुश्मा श्रेष्ठ, रन्जु तन्डुकार, जानकी प्रधान, राज्य लक्ष्मी सिंह, सुश्मा आचार्य र शाखा अधिक्रित श्रीस्टि त्रिपाठी समेतको उपस्थिती रहेको थियो ।
पाठकको अध्यक्षतामा चितवन महिला चेम्बर उक्त भेलाले अनुशा पाठकको अध्यक्षतामा चितवन महिला चेम्बर गठन गरेको छ । नवगठित समितिको उपाधय्क्षमा भवानी पंडित, महासचिबमा सिता सापकोटा, सचिबमा निरु कार्की, सह- सचिबमा मुना पाण्डे, कोशाध्यक्षमा पिँकी लामा र सदस्यहरुमा शर्मिला हमाल, छाया श्रेष्ठ, अन्जु लामिछाने, जुली श्रेष्ठ, सकिला परियार, मन्जु मकाजु श्रेष्ठ, चिनु बस्नेत, डा. जेनी श्रेष्ठ, जमुना श्रेष्ठ, निशा ढकाल र गीता सेढाईलाई चयन गरेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #चितवन महिला चेम्बर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्