सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारणसभा एकसाथ
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले आफ्नो सातौं र आठौं वार्षिक साधारणसभा एकसाथ बैशाख २७ गतेका लागि आह्वान गरेको छ ।
सातौं र आठौं साधारण सभाले क्रमश आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १०.२५ प्रतिशत बोनस तथा ०७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश गरि कूल १४.३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले मर्जर र एक्वीजिसनको सबै ढोका खुल्ला राख्दै त्यसको अधिकार संचालक समितिमा प्रत्यायोजन गर्ने प्रस्ताव समेत साधारणसभामा पेश गर्ने कार्यक्रम रहेको छ ।
बैंकले साधारणसभा प्रयोजनका लागि बैशाख १० गतेलाई बुक क्लोजको मिति तोकेको छ ।
बैंकले काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा दुवै वर्षको साधारणसभा आह्वान गरेको हो ।
क्याटेगोरी : अर्थ
ट्याग : #सिभिल बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्