सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने
काठमाडौं । आज सिभिल बैंक लिमिटेड र नेपाल टेलिकम बिच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गर्नुभएको थियो ।
सो सम्झौतापत्र अनुसार २०७९ पौष १ गते देखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्पmत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।
सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस भोला बहादुर बिष्टले वताउनुभयो ।
हालसम्म रु. ९५.२४ अर्व निक्षेप संकलन गरि करिव रु. ८७.०८ अर्व ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #सिभिल बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्