पाँच अर्बभन्दा बढी लगानीमा बनेको ठमेलको ‘छाया सेन्टर’ विवादमा तानिँदै
काठमाडौँ – पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ ।
करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ ।
ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए।
पर्यटकीय व्यावसायिक गन्तव्यका रुपमा छाया सेन्टर सञ्चालनमा ल्याइएको सो कम्प्लेक्समा तारे स्तरको होटलसहित तीन मल्टिप्लेक्स थिएटर छन् ।
उक्त सेन्टरमा विभिन्न सामग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्याङ्क्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लब लगायतका सुविधा उपलब्ध छ ।
विभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीका कर्पोरेट कार्यालय छाया सेन्टरमा खुल्न थालेका छन् ।
सरकारले वैदेशिक लगानी भित्र्याउन आगामी चैत १५ र १६ गते काठमाडौँमा नेपाल लगानी सम्मेलन गर्ने तयारी गरिरहेको सन्दर्भमा यस्ता व्यावसायिक लगानीलाई निरुत्साहित गरिनु गम्भीर विषय भएको व्यवसायीको भनाइ छ । “ठमेलभित्रको ठमेलका रुपमा आएको योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई गरिएको छ ।
पैसा तिरी जग्गा किनेर पनि योजना अघि बढाउन नदिने षडयन्त्र हुँदैछ”, श्रेष्ठले भने । काठमाडौँ महानगरपालिकाले २०६९ साल असोज ११ गते छायादेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो ।
सोही वर्ष असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो । गत कात्तिक ८ गते कामनपाले छायादेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र उपलब्ध गराएको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #छाया सेन्टर’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्