महराको नेतृत्वमा काठमाडौं मलमा व्यबसायीको हकहितका निम्ति तदर्थ समिति गठन
काठमाडौं, ०९ माघ – द काठमाडौं मल व्यवसाय संघले निकास पाएको छ । शिवलक्ष्मी कोजु समूहले काठमाडौं मलको ठेक्का नवीकरण नगरेपछि उत्पन्न अन्योलताको अन्त्य भएको हो ।
अर्को व्यवस्थासम्म मलको स्वामित्व रहेको कर्मचारी सञ्चयर्लाइ नै व्यवस्थापनको जिम्मेवारी लिइदिन मलका व्यवसायीहरुले आग्रह गरेका थिए । सोही आग्रह अनुसार कोषले मल व्यवस्थापनको जिम्मेवारी लिएको छ । यससँगै कोषलाई भवन व्यवस्थापन नदिन विचौलियाले गरेको ठूलो कसरत विफल भएको छ । विवादपछि लामो समयदेखि द काठमाडौं मल ब्यवसाय संघको अध्यक्ष रहेका समिर उद्दीन शेखले राजिनामा दिएका छन् ।
उनको राजानिमासँगै सुषमा महरा र देवेन्द्र केसीको नेतृत्वमा छुट्टाछुट्टै बनेका समितिलाई द काठमाडौं मल ब्यवसाय संघमा समाहित गरिएको छ । वर्तमान अवस्थामा व्यवसायीका हकहितका लागि काम गरेर अन्योलताबाट निकास दिन महराको नेतृत्वमा ७ सदस्यीयदर्थ समिति गठन भएको छ ।
समितिमा मधुसुदन आचार्य बरिष्ठ उपाध्यक्ष र देवेन्द्र केसी, प्रकाश थापा, मुरारी कोइराला, रेक्सन बज्राचार्य, सोनिया शाह सदस्य रहेका छन् । सञ्चय कोषले भाडा निर्धारण गर्न समिति समेत बनाएको छ । महरा नेतृत्वको तदर्थ समितिले यसमा सघाउने र द काठमाडौं मल ब्यवसाय संघलाई ब्यवस्थित पार्ने काम गर्ने भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #काठमाडौं मल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्