कुखुरा व्यवसायी मञ्चमा पौडेल
जिल्लामा क्रियाशील पोल्ट्री व्यावसायिक सङ्घ संस्थाको छाता संस्था नेपाल कुखुरा व्यवसायी मञ्चको शनिबार साँझ सम्पन्न सातौँ अधिवेशनले ऋषिराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुनाथ भट्ट, तृतीय उपाध्यक्षमा डा रेवन्तकुमार भट्टराई, महासचिवमा ज्ञानबहादुर बिसुराल, सचिवमा रामलाल भुसाल र कोषाध्यक्षमा कृष्णहरि लोहनीलाई सर्वसहमतिले चयन गरेको छ ।
अन्य सदस्यमा त्रिलोचन कँडेल, रामकृष्ण अर्याल, तेजनारायण पाण्डे, बालचन्द्र खनाल, भीमनारायण श्रेष्ठ, वीरबहादुर गुरुङ, जनकमान श्रेष्ठ, विनोद पोखरेल, तारा काफ्ले, लीला कँुवर र भुपेन्द्र कर्माचार्य रहनुभएको छ ।
अधिवेशनको उद्घाटन समारोहमा प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेल, नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेशसभाका सांसद घनश्याम दाहाल, विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतले कुखुरा व्यवसायमा देश आत्मनिर्भर हुँदै गएकोमा सराहना गर्नु भएको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #कुखुरा व्यवसायी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्