मस्र्याङ्दीबाट कम विद्युत् उत्पादन
उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो ।
आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालले आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको छ ।”
आयोजना प्रमुख फुँयालका अनुसार कात्तिक महीनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३÷२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि ४० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ ।
‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव कम हुने बित्तिकै विद्युत् उत्पादन क्षमतामा कमी आउने तर जलाशययुक्त आयोजनामा भने जुनसुकै समयमा पनि समस्या नहुने उहाँको भनाइ थियो ।
आयोजनाबाट विद्युत् उत्पादन यथावत हुन वैशाख महीनाको अन्तिमसम्म लाग्ने जनाइएको छ । फागुन चैतमा वायुमण्डलको तापक्रम बढेर हिमाल पग्लिएपछि पानीको बहाव बढेर विद्युत् उत्पादनमा वृद्धि आउने आयोजना प्रमुख फुँयालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वैशाखको अन्तिमदेखि जेठको पहिलो साताबाट मात्रै कूल क्षमता बमोजिमको विद्युत् उत्पादन हुनेछ ।” उक्त आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँस्थित स्युचाटार र चितवनको भरतपुर शवस्टेशनबाट केन्द्रीय प्रसारणमा जोडिएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #मस्र्याङ्दी जलविद्युत्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्