शेयर बजार आज पुनःओरालो
आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने छ दशमलव ४५ अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव सात बिन्दुले घटेर २५३ दशमलव ६८ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ ।
वित्त पाँच, उत्पादन दुई दशमलव ७९, अन्य तीन दशमलव शुन्य चार र जीवन बीमा ६८ दशमलव २८ बिन्दुले बढेका छन् । यस्तै बैंकिङ १० दशमलव ३२, व्यापार ११ दशमलव ४०, होटल ३२ दशमलव ६६, विकास बैंक १७ दशमलव पाँच, निर्जीवन बीमा २० दशमलव ४७ र लघुवित्त पाँच दशमलव ८९ बिन्दुले घटेका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #शेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्