मंगलबारदेखि औपचारिक रुपमा अनलाइन प्रणाली मार्फत शेयर कारोबार
शेयर बजारका लगानीकर्ताले भोलि मंगलबारदेखि औपचारिक रुपमा अनलाइन प्रणाली मार्फत शेयर कारोबार गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज नेप्सले औपचारिक कार्यक्रम मार्फत पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यन्वयन गर्ने भएको छ ।
नेप्सेका अनुसार अनलाइन कारोबार प्रणालीको औपचारिक सुरुवात अर्थ मन्त्री डा. युवराज खतिवडाले मंगलबार बिहान साढे १० बजे याक एण्ड यति होटेलबाट गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि ब्रोकर तथा लगानीकर्तालाई अनलाइन कारोबारमा अभ्यस्त बनाउन मोक ट्रेडिङ तथा विभिन्न चरणका तालिमहरु संचालन गरेको नेप्सेले पूर्ण अनलाइन संचालन गर्ने भएको हो ।
भोलिदेखि नै पूर्ण अनलाइन लागू गरिएपनि लगानीकर्ता अभ्यस्त नभइन्जेलसम्म पुरानै प्रणालीबाट पनि शेयर कारोबार जारी रहने नेप्सेले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #अनलाइन प्रणाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्