काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुष्मा महरा
काठमाण्डौ । उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुष्मा महरालाई चयन गरिएको छ । उनी फेसियल हाउसकी प्रवन्ध निर्देशक हुन ।
सौन्दर्य ब्यवसायमा चेन बिजनेसमा हात हालेकी महराद्वारा सन्चालित फेसियल हाउसले उपत्यका स्थित काठमाडौं मल, सिटीसि मल, बागबजार प्लाजा तथा चावहिल गणेशस्थान र देशका प्रमुख शहर पोखरा एबम् काकरभिट्टाबाट सेवाप्रवाह गर्दै आइरहेको छ । फेसियल हाउसको कोर्पोरेट अफिस काठमाडौं मलमा रहेको छ ।

कोषाध्यक्षमा नियुक्त महराले यो अवसरलाई ब्यवसायीक यात्राको क्रममा आफुले हासिल गरेको राजनीतिक फड्कोको रुपमा विश्लेशण गरेकी छन्। नयाँ जिम्मेवारीबाट उत्साही देखिएकी महराले भनेकी छन( ‘म हर सम्भव आफ्नो तवरबाट यो जिम्मेवारीलाई पूर्णतस् निस्पक्ष रुपमा पुरा गर्नेछु’ । ‘व्यवसायिक रुपमा आफुले हाँसिल गरेको सफलताले आज यो स्थानमा पुर्याएको हो’ महराको भनाई छ । उनी एक दसक अगाडी देखी सौन्दर्य व्यवसायमा सकृय रहदै आएकी छन्।
महरा महिला उधेमीहरु मध्ये छोटो समयमा सफलता प्राप्त गर्नेको पंक्तिमा पर्छिन । महराको मृदु बोलीवचन, नुतन कार्यशैली, बिषयगत ज्ञान र ब्यवसाय प्रतीको लगाव बेजोडको रहेको छ । देशमा सफल महिला उधेमीहरुको संख्या नगन्य मात्रा रहेको बेला महराले उद्योग वाणिज्य संघको राजनीतिमा पदार्पण गरेकी छिन् । अझ यसमा पनि दिनेश श्रेष्ठ नेत्रित्वमा गठित काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा चयन हुनुले पनि बिशेष महत्व राख्दछ । विगतमा नेपाल च्याम्बरले सम्हाल्दै आएको जिम्वेवारीलाई यस संघले उठाउने हुँदा काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षको भूमिकालाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्