युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको हो । हाल कम्पनीको जारी पुँजी रु दुई अर्ब १५ करोड बराबर रहेको छ । कम्पनीले प्रतिकित्ता र एक सय अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला भएको छ । जसमध्ये तीन लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि र तीन लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो । उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत समेत आइपिओमा आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #युनियन लाइफ इन्स्योरेन्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्