१ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा निमार्णाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काममा ब्रेक थ्रु भएको छ ।
१ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।
निर्माणको जिम्मा पाएको चाईना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रोनिक कर्पोरेसनले निर्माण सुरु गरेको चार वर्षमा ४ हजार १ सय ८४ मिटर सुरुङ निर्माण सकेको रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक माधब कोइरालाले जानकारी दिनुभयो ।
२०७० सालबाट निर्माण सुरु भएको आयोजनाको हालसम्म ६७ प्रतिशत काम सम्पन्न भएको छ । सन् २०१९ को डिसेम्बरसम्ममा तीन वटै युनिटबाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
यो आयोजनाबाट बार्षिक ६ सय १३ दशमलव ८७ गेगावाट युनिट विद्युत् उत्पादन हुने छ । सन् २०१७ को अन्त्यसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले प्राकृतिक प्रकोप तथा भूकम्पका कारण समयमै काम पुरा गर्न नसकेको हो ।
क्याटेगोरी : अर्थ
ट्याग : #रसुवागढी जलविद्युत् आयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्