सिभिल बैंकको खुद नाफा ६४.५० करोड
सिभिल बैंकले आ.व.२०७४ / ७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ६४.५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ८५.२० प्रतिशत बढी हो ।
सिभिल बैंकको संचालन मुनाफामा समेत भारी वृद्धि भएको छ । अघिल्लो वर्षसम्म १० करोड ५४ लाख रहेको यस्तो मुनाफा बढेर ४४ करोड १० लाखको उचाईमा पुगेको हो । यसरी संचालन मुनाफातर्फ बैंकले ३१८.२५ प्रतिशतको फड्को मारेको छ ।
बैंकले संभावित नोक्सानी व्यवस्थाबाट ६५ करोड बढी राइट ब्याक गरेको समेत उसको वित्तीय विवरणमा देखिएको छ ।
बैंकले ४० अर्ब निक्षेप संकलन गरी ३९ अर्ब ७४ करोड कर्जा परिचालन गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३।९८ बाट घटेर २.६५ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्ष ३४ अर्ब २३ करोड निक्षेप संकलन गरी २९ अर्ब ५१ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले पनि रिजर्ब कोषलाई बलियो बनाएको छ । अघिल्लो वर्ष ७३ करोड रहेको कोषको आकार बढी १ अर्ब ४० करोडको उचाईमा पुगेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #सिभिल बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्