नारी दिवसको उपलक्ष्यमा ललितपुर महिला चेम्बरद्वारा व्यक्तित्व विकास तालिम आयोजना
ललितपुर, १९ फाल्गुण( १११ औ अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महिला चेम्बरले व्यक्तित्व विकास तालिम आयोजना गरेको छ । ‘सामाजिक रुपान्तरणका लागि व्यक्तित्व विकास’ नाम दिइएको उक्त तालिम बुधबार जावलाखेलमा आयोजनामा आएको हो । कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट बोल्दै ललितपुर महानगरपाचलिकाकी उप मेयर गीता सत्यालले महानगरपालिकाको समृद्धी, महिला उद्यमीहरुको अभिब्रिद्धी भन्ने नाराका साथ हस्तकला महासंघसँगको सहकार्यमा ललितपुरमा उत्पादित सामाग्रीलाई प्रबर्धन गर्ने उदेश्यका साथ महानगरपालिकाले मेलाको आयोजना गर्न लागेको जानकारी दिइन् । साथै उपमेयर सत्यालले अझै पनि धेरै महिलाहरु प्रताडित रहदै आएको उल्लेख गर्दै यस्ता गतिविधीलाई रोक्न संयुक्त प्रयास जरुरी रहेको बताइन । महिला र पुरुषहरुलाई छुट्टा छुट्टै भन्दा पनि एकै ठाउँमा बसेर ज्ञान लिने अवस्थाले मात्रै समाजलाई चाडो रुपान्तरण गर्न सक्ने समेत उनले उल्लेख गरिन् । सामाजिक, राजनीतिक र आर्थिक विकाससँगसँगै व्यक्तित्व विकास र सामाजिक रुपान्तरण अघि बढने औंल्याउदै सोका लागि हरेक व्यक्तिले प्रयासजारी राख्नु पर्नेमा उनले जोड समेत दिईन् ।
सो अवसरमा ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुर चेम्बर स्थापनाको छोटो समयमा प्रभावकारी कार्यक्रम गरेको स्मरण गर्दै व्यक्तित्व विकासका लागि आयोजित तालिम कार्यक्रमले सामाजिक रुपान्तरणमा टेवा पुग्ने दाबी पेश गरे । साथै, उनले व्यक्तित्व विकास तालिमले मानिसलाई अघि बढन सघाउ पुग्ने बताउदै आफ्नो क्षमतामा निखारता ल्याउन सक्ने व्यक्ति नै सफल बन्ने राय राखे ।
ललितपुर महिला चेम्बरकी अध्यक्ष सबिता सिंहमहर्जनले स्वागत मन्तव्य राख्ने क्रममा हाल विश्ववापी रुपमा महिला सशक्तिकरणको अभियान अघि बढेको उल्लेख गर्दै ललितपुर महिला चेम्बरले आगामी दिनमा ललितपुर चेम्बर र ललितपुर युथ चेम्बरसँग समन्वय गर्दै अघि बढने बताईन् । सो अवसरमा ललितपुर चेम्बर, ललितपुर महिला चेम्बर अनिल विर बज्राचार्यले सहभागीहरुलाई तालिम दिएका थिए ।
कार्यक्रम ललितपुर महिला चेम्बरकी उपाध्यक्ष रबिता श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिईन् । कार्यक्रममा ललितपुर युथ चेम्बरका अध्यक्ष प्रविण शाक्य लगायतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्