माथिल्लो तामाकोशीको आईपिओ असार २४ देखि
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि असार २४ गतेदेखि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानियका लागि १० प्रतिशतले हुने एक सय रुपैयाँ अंकित दरको एक करोड ५ लाख ९० हजार कित्ता जारी गर्न लागेकाे हो ।
दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आईपिओमा न्यूनतम ३० कित्तादेखि अधिकत्तम ३०० कित्ता सम्मका लागि माग गर्न सक्नेछन् । आईपिओमा आवेदन गर्ने अन्तिम म्याद साउन ९ गते रहेको छ ।
स्थानीय र सर्वसाधारण गरि कम्पनीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आइपीओमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।
स्थानियको आईपिओ बाँडफाँड भएपश्चात कम्पनीले सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्ने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #माथिल्लो तामाकोशीको आईपिओ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्