फलफूलबाट बनेको ‘प्रिन्सेस’ वाइन बजारमा आउँदै
काठमाडौं । धनकुटाको राजारानीमा रहेको माउण्ट एभरेष्ट वाइनरी उद्योग तथा कम्पनीले ‘प्रिन्सेस वाइन’ बजारमा ल्याउँदैछ । कम्पनीले लकडाउन खोल्नेबितिकै बजारमा लञ्च हुने जनाएको छ ।
उक्त वाइन नेपाली बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारहरुमा समेत पु¥याउन लागिएको कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले बताए । किबि फल तथा अन्य फलफूलहरूको मिश्रणबाट प्रिन्सेस वाइन बनाउनको लागिएको निर्देशक बास्तोलाले जनाएका छन् । धेरैजसो फलफूलहरुले बजारमा उचित मूल्य नपाउँदा त्यसै खेर गइरहेको अवस्थाले गर्दा पनि कृषकहरूको परिश्रमलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन शुरु गर्न लागिएको उनको भनाई छ
। फलफूलहरुको सही तरिकाले प्रयोग गरी यो वाइन कम्पनीले जनाएको छ । उक्त वाइन नेपालमा आएपछि थुप्रै कृषकहरुले रोजगारी पाउने र नेपाललाई पनि केही हदसम्म आर्थिक टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ । यो वाइन नेपालमा पहिलो कम्पनीको रुपमा स्थापना हुन लागेको अध्यक्ष बास्तोलाले दावी गरेका छन् ।
अहिलेको असहज अवस्थामा पनि कम्पनीले ५० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको जनाइएको छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्