Techie IT
मंगलबार, साउन १२,२०८३

सरकारको ऐतिहासिक निर्णय : लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्बबाट पारित


काठमाडौं, ५ जेठ ।  नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो नक्शा पारित गरेको हो।

भूमिसुधार मन्त्री पद्मा आर्यालले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित भएको हो।

आज नेपाल सरकारले गरेको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने एक मन्त्रीले उल्लेख गरेका छन्।

मन्त्री योगेश भटराई आजको निर्णयलाई संकेत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,  ‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नयाँ नक्सा


तपाईको कमेन्ट लेख्नुहोस्